स्थानीय तहको निर्वाचनमा होमीयो आयोग: मतदाता नामावलीमा दाबी–विरोध आजदेखि

निकासखबर संवाददाता

काठमाडौं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको हो ।

फागुन २६ सम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनको भनाइ छ ।

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी–विरोधका लागि निवेदन दिन सकिने र सोही आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित