जनकपुरमा गोली चल्दा एक जना घाइते

निकासखबर संवाददाता

जनकपुर । जनकपुरमा शनिबार मध्य राती गोली चल्दा एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायले जानकारी दिए। मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५–७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएकोरायको भनाइ छ । साथीहरू एकआपसमा कुरा गरीरहेको अवस्थामा एक्कासी कुरा नमिलेपछि एक जनाले गोली चलाएको र उनको चिउँडोमा लागेको गोली भित्र घाँटीमा अड्किएको प्रनाउ रायको भनाइ छ ।

मुखियालाई उपचारका लागि राति नै काठमाडौं पठाइएको र गोली प्रहार गरिएको पेस्तोल आज बिहान घटनास्थलबाटै बरामद भएको प्ररीको भनाइ छ । गोली प्रहार गर्ने स्थानीय युवक भए पनि फरार रहेकाले खोजी भइरहेको प्रहीले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित