एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

निकासखबर संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । क्षेत्री सहित एमालेका जिल्ला कमिटीका आधादर्जन बढी कार्याकर्ता कांग्रेसमा प्रबेश गरेका हुन् ।

क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएको कांग्रेस नेता प्रेमध्वज लामाले जानकारी दिए ।

सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायतका नेताहरु उपस्थित रहेकोथिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित