निर्वाचन आयोगको निर्णयप्रति केपी ओलीको आपत्ति

निकासखबर संवाददाता

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो राख्न नहुने बताएका हुन् ।

सम्वोधनका क्रममा उनल भने ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने रु रुखैरुख देखियोस् भनेर रु तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’

उनले यस कार्यालाई सच्याउनु  पर्ने बताउँदै एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको बताएका थिए ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित