बस्नेत र राणामाथि भएको हिंसाप्रति पत्रकार महासंघको आपत्ति

निकासखबर संवाददाता

काठमाडौं । मिडिया एड्भोकेसी गुप्रको संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार तथा सम्पादक बबिता बस्नेत र महिला अधिकारकर्मी बन्दना राणा विरुद्ध सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी प्रति पत्रकार महासंघले निन्दा गरेको छ ।

घटना र बिचार साप्ताहिकमा फाल्गुन १८ गते प्रकाशित भएको ‘बलात्कारसम्बन्धी कानुनको समीक्षा गरौँ’ भन्ने शीर्षकमा छापिएको समाचारलाई लिएर केही महिला अभियन्तासहितले समूह बनाएर बस्नेतको चरित्रहत्या गर्ने तरिकाले #BoycottBabitaBasnet भनेर एक सय १९ जनाको हस्ताक्षर सहित बहिष्कार अभियान चलाएका थिए ।

यस्तै उक्त समहुले धम्कीपूर्ण चेतावनीसहित राणा र बस्नेतलाई सामाजिक बहिष्कार गर्न तथा राष्ट्रसङ्घीय प्रतिनिधित्वबाट राणालाई हटाउन माग गर्दै #BoycottBandanaRana लेखेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमा एक भएर उनीमाथि विभिन्न आरोप लगाउँदै बहिष्कार गर्न सबैलाई आग्रह गरेका थिए । तर, धेरै जसो मानिसहरूले बस्नेत र राणाकै समर्थन गरेको देखिएको थियो । महासंघले वरिष्ठ पत्रकार तथा सम्पादकीय नेतृत्वमा रहेका बस्नेत र राणा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर र प्रेस स्वतन्त्रताका अभियन्ता रहेको भन्दै उनीहरूले राखेको विचारका कारण हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु लोकतान्त्रिक समाजमा नसुहाउने विज्ञप्ति मार्फत बताएको छ ।

उहाँहरू अभिव्यक्ति स्वतन्त्रताको पक्षधर, प्रेस स्वतन्त्रताको पक्षधर रहनु भएको र कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको स्वतन्त्रताको कुरा रहेकोले उहाँहरू माथि बहिष्कार अभियान चलाउनु गलत कायौ भएकोले महासंघ सधैँ सत्यको पक्षमा उभिने नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए ।

बस्नेत र राणाविरुद्ध घृणायुक्त वक्तव्य जारी गर्नेमा विशेष गरी ट्विटरमा सक्रिय महिलावादीहरू नै छन् । त्यसमा नाम चलेका केही महिला अधिकारकर्मी, डाक्टर, पत्रकार समेत रहेका छन् । उनीहरूले महिला दिवसकै अवसर पारेर बस्नेत र राणालाई सामाजिक बहिष्कार गर्न अपिल गरेका थिए । आफ्नो पत्रकारिताको क्यारियरमा अहिलेसम्म कसैप्रति आग्रह पूर्वाग्रह राखेर काम नगरेको पत्रकार बस्नेतको भनाइ छ । जुन लेखको बारेमा उहाँहरूले बहिष्कार गर्न आव्हान गर्नुभएको छ र त्यो लेख कसैप्रति लक्षित नभएर हाम्रो देशको नीति र कानुन परिवर्तन गर्नुपर्छ भनेर लेखिएको उनले बताइन् ।

युनिस्कोले भर्खरै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अहिले विश्वव्यापी रूपमा लेखेको कारणले महिला माथि हुने हिंसा हुने बढेको छ । बस्नेत र राणामाथि भएका यस्ता हिंसा पनि नेपालको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित