राष्ट्रपति विद्या भण्डारी, हिमालयन हाईड्रो एक्स्पोमा

निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल  सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डवमा आयोजित हिमालयन हाईड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै उहाँले यसको दिर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको पनि स्पष्ट पारीन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाईन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास समेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले साना र मझौंला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले ठूलो जलविद्युत आयोजना सम्पन्न गर्न समय लाग्ने भएकाले त्यसले तत्काल ऊर्जा आपूर्ति हुन नसक्ने पनि दोहो¥याईन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित