पत्रकार महासंघ प्रदेश १ द्वारा ११ बुँदे घोषणपत्र जारी

निकासखबर संवाददाता

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ को प्रदेशस्तरीय भेलाले विभिन्न ११ बुँदे घोषणपत्र जारी गरेको छ । विराटनगरमा बिहीबार सम्पन्न भेलाले ११ बुँदे घेषणपत्र जारी गरेको हो ।

कोरोना संक्रमणका बहानामा सञ्चारगृहबाट निष्कासन, बेतलबी बिदामा राख्ने, तलब घटाउनेलगायत सञ्चारगृहलाई दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । भेलाले साना तथा स्वरोजगारमुखी सञ्चार गृहको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापनसँगै स्थानीय विज्ञापन स्थानीय सञ्चारगृहलाई उपलब्ध गराउन मातहतको निकायसमक्ष माग गरेको पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलावल्लभ घिमिरेले जानकारी दिए ।

प्रेस तथा अभिव्यक्तितर्फ तीन तहमा बन्दै गरेका र बनेका विभिन्न कानुनबारे भेलामा समीक्षा भएको बताएका अध्यक्ष घिमिरेले कानुन निर्माण गर्दा मुलुकको संविधान, आमसञ्चार नीतिअनुकूल तथा प्रेस स्वतन्त्रतामैत्री बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पत्रकारिता क्षेत्रतर्फको विकास, स्तरोन्नति र सृदृढीकरणका लागि प्रदेश सरकार तयार रहेको बताएका थिए । प्रदेशमा पत्रकारिता र आमसञ्चार क्षेत्रको विकासका लागि छुट्टै मन्त्रालय बनाइएको समेत उनले जनाए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रदेशको प्रादेशिक सञ्चार प्रतिष्ठान खारेजी हुनु दुःखद भएको बताएका थिए।

कार्यक्रममा प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्ग्बो, प्रदेशभित्रका १४ जिल्लाबाट अध्यक्ष, सचिव, कोषाध्यक्षको सहभागिता थियो। सोही भेलाले विभिन्न ११ बुँदे घोषणापत्रसहित भेला सम्पन्न गरेको हो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित