ड्युटीमा रहेका प्रहरीको मृत्यु

निकासखबर संवाददाता

काठमाडौं । बैतडीमा कार्यरत एक प्रहरीको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्युटीमा रहेको समयमा मृत्यु भएको हो।

बुधबार साँझ ड्युटीमा रहेकै बेला उनी एक्कासी ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि नजिकैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकाराज जोशीका अनुसार अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका हुन् ।

हिजो साँझ ड्युटीमा हुँदा उनी एक्कासी ढलेका र लगत्तै पाटन स्वास्थ्य केन्द्रमा पुर्‍याइए पनि डाक्टरले केहीबेरमै मृत घोषणा गरेका उनले बताए ।

जोशीले चौधरीका आफन्त आएपछि पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित