अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

निकासखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङकाे  सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो ।

पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजङ्गा लिपिको ट्रफीका साथ रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ ।

यस्तै द्वितीय हुने फुङलिङले रु एक लाख ३३ हजार तीन सय ३३ तथा सान्त्वना पुरस्कार स्वरुप मेरिङ्देन गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाले रु ४४ हजार चार सय ४४ प्राप्त गरेका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पाथीभरा याङ्वरकका गिरिराज श्रेष्ठ, उत्कष्ट ब्लकर फुङ्लिङका भवानी भट्टराई, उत्कृष्ट लिफ्टर पाथीभराका विनोद कार्की, उत्कृष्ट सर्भर फुङ्लिङका अभिषेक भट्टराई, अलराउण्डर फुङ्लिङकै अभिषेश राई, उत्कृष्ट स्पाइकर पाथीभराका लमन दोर्जे तामाङ, डिफेन्स रविन इजम, उदीयमान खेलाडी पाथिभराकै बाबुराम बुढाथोकी तथा उत्कृष्ट प्रशिक्षक सिरीजङ्घाका शिव तोलाङ्गी घोषित भए । प्रतियोगिता गत सोमबारदेखि सञ्चालन भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित