विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो

निकासखबर संवाददाता

काठमाडाैं । अर्बपति विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो।

सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो । फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्।

अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्।

यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित