मानव तस्करीमा जोडिएका एमाले नेताहरूलाई तत्काल पक्राउ गर्न माग

निकासखबर संवाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले मानव तस्करीको आरोप लागेका नेताहरूलाई तत्काल पक्राउ गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ जना नेपाली युवाहरूको करोडौँ रकम ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका प्रमुख सल्लाहकार इन्द्रजित राई र नेकपा एमालेका सचिव तोपबहादुर रायमाझीको संलग्नता रहेको खबरहरु सार्वजनिक भएपछि प्रवक्ता राईले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।

नक्कली भुटानी सराणार्थि बनाइ अमेरिका लैजाने भनी ८७५ जना नेपाली युवाहरूलाई ठुलो गिरोहले करोडौं रकम ठगी गरेको छ । पूर्व गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख सल्लाहकार र एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको प्रत्यक्ष सम्लग्नता रहनु आफैमा गम्भीर विषय हो ।

एमाले जस्तो पार्टीका पदाधिकारीहरू साथै राज्यको नेतृत्वमा बसिसकेका मान्छेहरूले मानव तस्करी जस्तो गलत कार्य गर्नु त्यतिकै संवेदनशील छ । यो जस्तो अपराध अरू केही हुन सक्दैन ।

ठगीमा परेका पीडित युवाहरूलाई कानुन बमोजिम सबै तहको सहयोग गर्न युवा सङ्घ नेपाल प्रतिबद्धता व्यक्त गर्दै यो अपराधमा जोडिएका सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई लगायत संलग्न सबैलाई अविलम्ब पक्राउ गरी, सत्य तथ्य छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार सङ जोडदार माग गर्दछु ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित