धौलागिरी आधार शिविर गएको हेलिकप्टर सम्पर्कविहिन

निकासखबर संवाददाता

काठमाडौं । म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको हेलिकप्टर सम्पर्कविहीन भएको हो । आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेट आसपासमा सम्पर्कविहिन भएको हो ।

हेलिकप्टर सम्पर्कविहिन भएको खवर आएपछि खोजीकार्यमा टोली खटिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए। सम्पर्कविहिन भएको जानकारी पाएपछि सम्पर्कबिहीन बनेको हेलिकप्टरको खोजीमा एयर डायनेष्टीको हेलिकप्टर खोजीका लागि पठाइएको छ । हेलिकप्टरमा सवार यात्रु सहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४, मा पर्ने विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल आसपासमका क्षेत्रमा हेलिकप्टरबाटै खोजी भइरहेको छ । तत्काल पैदलमार्गबाट जान सम्भव नभएकाले सम्बन्धित टेकिङ एजेन्सीले नै खोजी गरिहेको जनाइएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित