बारा-२ मा चर्चामा रहेका यादव र खरेल दुबैले मतदान गर्न नपाउने

निकासखबर संवाददाता

बारा । बारा-२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये दुईले भने मतदान गर्न नपाउने भएका छन्।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन्।

जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन्।

तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित