रायमाझीलाई कानुनी दायरामा ल्याउनुमै एमालेको कल्याण छः सांसद सापकोटा

निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी विषयलाई अन्यत्र नमोड्न एमालेलाई चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा भुटानी शरणार्थी प्रकरणबारे कुरा उठेपछि एमाले सांसदहरूले अरू विषयमा पनि छानबिन गर्नुपर्ने बताएका थिए।

माओवादी सांसद सापकोटाले एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याउन एमालेलाई आग्रह गरेका हुन्।

ुप्रमुख विपक्षी दलका साथीहरूले छापामार शैलीमा आफ्नो कुरा राख्ननुभएको छ। प्रधानमन्त्रीमाथि खिसिट्युरी गर्नुभएको छ,ु सापकोटाले भने,ुतपाईंहरूले भ्रष्टाचारीलाई छानबिन गर्न माग गरेको हो भने टोपबहादुरलाई ल्याउनुस्। त्यसैमा तपाईंहरूको कल्याण हुनेछ।ु

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी अहिले फरार छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित