सडकमा हिड्नेको लागि सडक चाहिदैन ?

निकासखबर संवाददाता

मध्यम बर्गीय परिवारमा हुर्किदै गर्दा  त्यो क्षणमा देख्ने सपनाको राम्रो बिज्ञ हुँ म आफै । यसकारण अभाव,दुख, उपचार खर्च नहुदाको हैरानी मैले चोला कम फटाएको भए पनि देखेको छु, अनि भोगेको छु ।

बिस्तारै उच्च शिक्षाकोलागि उपत्यका छिरेँ अनि बल्ल मेरो भोगाइमा झन बिबिधता आयो । माग्ने देखि राजर्षी नेताहरु देखिँदा रहेछन् उपत्यकाकाे सडकमा । यो काठमाडौंको सडक को बिबिधता देखेर कहिले खुसि त कहिले दुखि भैरहिन्थ्यो। जमल तिर हिड्दा माग्नेहरु,नेपाल बायुसेवा निगम तिर गयो भने हरेकमाल सय,मन्दिर तिर छिर्यो जोगी बाजेहरु । यति त यति चोरिएका सेकेन्ड ह्याण्ड जुता समेत काठमाडौंले बिक्रि गर्यो । कति लिलामी गर्यो । मलाइ त्यो सम्म पनि केहि गुनासो थिएन । राज्यले लगाम लगाउन सक्यो सकेन ,चाह्यो चाहेन त्यो पनि मेरो पहुच मा थिएन । झोला बोकेर त्रिचन्द्र फर्केर कोठा बाहेक मैले बाटो मा देखेका यिनै कथा संग मेरो करिब चार वर्ष बित्यो ।

मैले कसैलाई सोधिन पनि यो किन गरेको वा यो किन नगरेको भनेर ,आफ्नो मन लाइ धरी प्रश्न गरिन कि यो किन भएको होला भनेर । आखिर जरुर थिएन पनि ।मेरो मनको प्रश्न वा उत्तर ले राज्यलाई के हुनथ्यो ररु यदाकदा खैरो ड्रेस धारी हरु आउछन कि भनेर चनाखो हुदै गरेका व्यबसायी को अनुहार त सडकपेटी हिड्ने जो कोहि ले पनि अध्ययन गर्न सक्थ्यो, सक्छ।

असनमा हिड्दा होस् वा जमलको पुलमा हिड्दा होस्,साहुजिहरुको सामान टेकिएलाकी भन्ने डरले आफु हिड्दा मिहिन ध्यान गरेर हिड्नु पर्ने बाध्यता मेरो जेनेरेसन संग कायम छ नै । एक दिन हो कुरा के सम्झना छ भने साथि प्रशान्त सिलवाल  र म हिड्दा हिड्दै एउटा चप्पल मन पारेउ । किन्नेकी नकिन्ने दोसाध भइएको थियो ।

प्रसान्तले किन्ने ल भने पछी बार्गेनिंग गर्न सुरु गरेको रु चार सय मा कुरा मिल्यो । एक बर्ष ग्यारेन्टी भएको भनि भनि साहुजी ले हामीले दिएको पैसा पकेटमा हाले । विश्वासकै भरमा हामीले एक जोडी चप्पल लिएर बाटो लाग्याैँ । भोलिपल्ट तेही चप्पल त्रीचन्द्र क्याम्पस आउदा बाटो मा चुडियो, फर्केर न कोठा मा आउँन सकियो नत उनी साहुजीलाई भेटाएर गुनासो गर्न नै पाइयो । दुख र रोइलो गरेर आमा संग फ़ुत्काइएको चार सय कसैले ठगेर लगेझैँ, झल्झली याद आइरह्यो ।

होला त्यो चप्पल बाट  आएको फाइदाले कसैको पेट भरियो वा उपचार पायोहोला तर म बेसाहारा ठगिरहेको आफुलाई अनुभुती भैरह्यो । तेसपछि फुटपाथ व्यापार संग मेरो कुनै मोह छैन।यसबाहेक पानीपुरी ,चटपटे ,मस्म खादा पखाला लाग्दा फुटपाथ हाम्रो लागि हो झैँ नै लाग्दैन यद्यपी कसैको गुजारा चलेको छ भने ठिक छ त भन्ने लागिरहेकै छ । यस्सो छोइयो भने आखा देख्दैनस भनेर कति धम्कि बाटैमा खाइयो पनि होला। एकैछिनको आबेगमा देशलाई गालि गरियो । डिग्री पढ्दा माइक्रोबस चढेर नै जानु पर्ने अलिक टाढा थियो ,हप्ताको पाच दिन सिट नभई यात्रा गरियो एकदिन टुस्स जिउ टेकाउन सम्म पाइयो ,देशलाई गालि गरियो त्यो बेला पनि । यो देशले हामीलाई के सोच्दो होला भनि भनि ।

जागिर खाएसी भने २०७२ साल बात २०७८ साल सम्म उपत्यका बसिएन । उपत्यका २०७८ सालमा फर्किदा मन मा यो लागेको हो कि अब त धुवा धुलो भिडभाड कम भयो कि १ तर भएको रहेनछ । जस्तो छोडेर गएको तेस्तै चल्दै रहेछ राजधानी । कोभिड-१९ ले आक्रान्त हुदाँ नि देशले केहि सिकेन । देशले फोक्सो वा स्वासप्रस्वास संग सम्बन्धित समस्याले तेती धेरै मानिसको मृत्यु भयो ,कति मानिस हरु मृत्युको मुख देखेर फर्केर आए तर हामीले हाम्रो आनीबानी यथावत नै राखेउ अर्थात हामीले केहि सिकेनौ । स्थानीय चुनाब पछी बालेन्द्र शाह आए ।

उनले उपत्यकाको सौन्दर्यकरण लाई प्रार्थामिकता मा राखे राखेनन् त्यो उनैको जिम्मा ,अन्य उनको योजना पनि मलाई तेती जानाकारी छैन । तर  अबैध सडक छेउछाउ मा गरिने पार्किंग वा व्यापारलाई उनले गरेको नीग्रानी मेरो बिचारमा त्यो जरुरि कार्य हो। अब को समय जनता ,सडक परनिर्भरतामा हैन आफै उत्पादनमा जोडिने बेला हो । सघिय सरकारले स्थानीय तह मार्फत यस्ता कार्यक्रमहरु ल्याउनु पर्दछ तर काठमाडौं लगायत धेरै जनघनत्व भएका शहरमा सडक बाटै कब्जा गरेर व्यापार गरेर खान दिनु पर्दछ भन्ने बहस अब आउटडेटेड बहस होभंने लाग्दछ ।

यति नकचरा बहस मा सामेत हुने कथित बुद्धिजीवी प्रति मेरो गहिरो सहानुभूति छ ।नेपाल कानुनि राज्य हो नै यहाँ कानुनलाइ आफु अनुकुल प्रयोग गर्ने र शक्ति केन्द्रको आडमा राज्यमा बबण्डर मच्याउनेहरुले सिकाएको सिको गर्दै सडक प्रयोग गर्ने यात्रु को अधिकार हनन हुने गरि सडक को प्रयोग गर्ने प्रवृति बढ्नु भनेको लज्जाको बिषय हो ।अब त्यो नगर्ने प्रण गर्ने नेतृत्व आउदा उनलाई साथ् दिनु को सट्टा सहरी बिद्रोह को चेतावनी सहित बहसलाइ बहकाउनु ले मलाइ के लाग्छ भने यो देश बौद्धिक लम्पटहरुले कब्जा बाट निकाल्न ढिला गर्नु हुन्न।

कर्पोरेट हाउस र मेडियाहरुमा पहुच भएका हरु मात्र यो बहसमा भाग लिने र आवश्यकता अनि कानुनलाइ नै चुनौती दिन्छन भने के त्यो बहस बौद्धिक बहस हो रु देशका सबै श्रम जीवि हरु लाइ सडक देखाइदिने हो भने काठमाडौंका सडक हरुले पुग्लानरुम एक सडक उपभोक्ताका नजरले यो कदापी उपयुक्त हैन ।

उनि हरु लाइ सडक देखाउनु भने को स्वयम् उनि हरु लाइ दुर्घटना उन्मुख गराउनु हो । सडक छेउछाउमा दुर्घटना उसो त हामीको मा कम कहाँ छन् ररु यो सम्भावना देख्न सडक मा म झैँ हिड्नु पर्दछ।उनि हरुलाई सक्षम बनाउन मात्र हैन देशै भरि का सडक व्यापारी वा आश्रित समुदायहरुलाई सडकमा आउँन नदिन उचित प्रवन्ध गर्नुपर्दछ ,सिप सिकाएर उत्पादन संग जोड्न सक्नुपर्दछ तर खुल्ला रहने सडक अभियानका बालेन हरुसंग संघिय सरकारका योजना हरुले साथ् दिदै देशै  भरिका सडकगल्लि हरु खुल्ला हुनुपर्दछ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित