एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित

निकासखबर संवाददाता

काठमाडाैं । नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझी निलम्बनमा परेका हुन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बनमा परेको सूचना सुनाएका छन् । कुनै सांसद पक्राउ परेमा प्रहरीले संसद् सचिवालयलाई जानकारी गराउँछ। सांसद पक्राउ परेको जानकारी सभामुखले प्रतिनिधि सभाको बैठकमा सुनाएपछि वा सूचना टाँस गरेपछि स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था रहेकाे छ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए ।

उनी वैशाख ३१ गते राति काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ परेका थिए। उनलाई आज प्रहरीले अदालतमा पेश गरेको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित