डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा नतिरी ढकाल सम्पर्क विहीन

निकासखबर संवाददाता

डडेल्धुरा । प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ । उनले विगत आठमहिना देखीकाे भाडा नतिरेका हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ । महिनाको तीन हजारका दरले काेठँ भाडामा लागएकाे र सुरुका तीन महिनाको भाडा नौ हजार दिए पनि  असोजदेखिको आठ महिनाको बाँकी रहेकाे उनले बताइन् । पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर सम्पर्क विहीन भउकाे उनकाे आराेप छ ।

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन् । ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले जानकारी दिए । ‘उहाँहरूले कोठा छोड्ने भन्ने कुरा थियो। तर, साथीहरूले छोड्नु भएको रहेनछ,’ उनले भने, ‘म भाडाको बारेमा घरबेटीसँग कुरा गर्छु । दाइ १७/१८ दिनपछि मात्रै नेपाल फर्किनुहुन्छ।’

गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित