विष्णु रिमालले हर्क साम्पाङ सँग मागे माफी भने – धरानमै आएर श्रम गरौँला

निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव विष्णु रिमालले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई बौलाहा भनेकोमा पछुतो व्यक्त गरेका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको आन्तरिक प्रशिक्षणका क्रममा आफूले सकारात्मक हिसाबले धरानका मेयरलाई बौलाहा भनेको उल्लेख गर्दै रिमालले अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्याँश सार्वजनिक हुँदा अशोभनीय सुनिएको बताएका हुन् ।

आफूले सकारात्मक अर्थमा भनेको शब्द अमर्यादित जस्तो लाग्न पुगेको पनि उनले उल्लेख गरेका छन् ।  हर्क साम्पाङ र बालेन साह जस्ता केही जनप्रतिनिधिले समाज र देशको लागि राम्रो गर्छु भनेर लागिपरेको उल्लेख गर्दै रिमालले आफू पनि धरानमा श्रम गर्न जान तयार रहेको बताएका छन् ।

के भने का थिए त रिमालले ?

 

रिमालले अनेमसंघकाे  कार्यक्रममा बाेलेकाे भिडीयाे सार्वजानीक भए पछि सामाजिक सञ्जालमा  आफू धरानमा श्रम गर्न जानकाे लागि तयार रहेकाे बताउँदे  यो देश बनाउन काममा लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ भनेका छन् । उनले उक्त भिडीयाेमा जे  भने पनि बालेन र साम्पाङ देश र जनताकाे लागि बहुलाएकै हाे भनेका छन् ।

माफी माग्दै रिमालले लेखेको फेसबुक स्टाटस जस्ताको त्यस्तै-

मैले सामाजिक सञ्जाल बारे बोलेको भिडियो बाहिर आयो । केन्द्रीय कमिटीको त्यो बैठक सार्वजनिक थिएन । छलफलको प्रयोजन गोप्य थियो, विषय रणनीतिक थियो । आन्तरिक भएकोले यस्ता बैठकहरुमा प्राय: अनौपचारिक भाषा बोलिन्छ । अनौपचारिक भाषा बोल्दा शब्द तौलिएर बोलिंदैन । त्यहाँ पनि त्यस्तै भएको थियो, सबै चिनेजानेकाहरु बीच मैले बोल्दा कुनै साबधानी अपनाईन । आफ्नालाई सकेसम्म उत्साहित पार्ने र पार्टीले राखेको लक्षतिर प्रतिवद्ध बनाउने प्रयास गरें । यो डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरीकाले ओपन हुँदो रहेछ । हो, यहाँ चाँहि मेरो असावधानी हुनपुग्यो ।

हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा’प, काका सा‘प भन्दैनौं । लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरु पनि प्रयोग हुन्छन् । त्यस्तै, त्यो बन्द–बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्याँश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो । अमर्यादित जस्तो लाग्न पुग्यो ।

‘भाइरल–भिडियो’को मेरो अभिव्यक्तिलाई यसरी बुझिदिनु होला ।

हर्क साम्पाङ र बालेन साह जस्ता साथीहरु स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ । केही गर्छु भन्ने युवाहरु, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरुप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन । नजिकबाट मलाई चिन्ने जो कोहीलाई थाह छ– फ्रण्टलाईन, प्रचार, वाहवाही भन्दा पर हदैसम्म काममा जोतिन चाहने मान्छे हुँ । त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा र्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ ।

हर्कजी दिनरात जनतालाई श्रममा लगाइ पानी खुवाउने भनेर लाग्नु भएको छ । सामाजिक सञ्जालबाट श्रमदान गर्न आउन भन्नु भएको रहेछ । म श्रमिक आन्दोलनबाट नै राजनीतिमा आएको मानिस हुँ । मेरो जीवनको उर्जाशील ३० वर्ष श्रमिकहरुको हकहित र सुरक्षाका काममा वितेको छ । म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौंला । मौका नमिले पनि म श्रमबाट टाढा छैन ।’

 

समृद्वसञ्चार डटकमबाट

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित