मेरो नाम लिएर पार्टीकाे दाेकान विस्तार गर्ने काम नगर्नूः हर्क ‘सम्पाङ’ राई

निकासखबर संवाददाता

काठमाडौं । सुनसरीकाे धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले आफू कुनै पनि राजनीतिक दलसँग निकट नरहेको प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू कुनै पार्टीमा नरहेकेा प्रष्ट पारेका हुन् ।

आफू कुनै दल निकट नरहेकाे भन्दै उनले आफ्नो नाम लिएर पार्टी विस्तारको काम नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्- ‘मेरो नाम लिएर कसैले पार्टी विस्तार गर्दैछ रे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कुनै पार्टी नजिक छैन ।’

उनले आफ्नो नाम बेचेर लाभ लिने काम नगर्न पनि आग्रह गरेका छन् । हरेक विषयमा प्रष्ट बोल्ने उनले आफ्नो नाम दुरूपयोग गर्ने दल कुन हो भन्नेबारे चाहिँ केही खुलाएका छैनन् ।

‘मेरो नाम लिएर आफ्नो दोकान चलाउने, पेट पाल्ने काम कसैले नगर्नू,’ उनले लेखेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित