अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी, बिहानैदेखि खोजी जारी

निकासखबर संवाददाता

सिन्धुली । सुनकोशीमा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन् । शुक्रबार सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालका अनुसार अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको छ ।

अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित ‍२४ जनाको टोली परिचालन गरिएको उनले डिएसपी दाहालले जानकारी दिए । बिहान शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी घाइते छन्।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित