संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा

काठमाडौं, ७ भदौ २०८० ।

संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकबाट भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय भएको हो ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ ।

प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन ।

बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित