सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

काठमाडौ, १६ भदौ २०८० ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । काठमाडौँ महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने उनले चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ’

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित