नेप्से परिसूचकमा १६ अङ्कको ओरालो

निकासखबर संवाददाता

काठमाडौँ, ३ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा रोकिएको हो ।

आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै घट्नेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य सात दशमलव ०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको रु १७ करोड ७३ लाख ६८ हजार दुई सय ९५ बराबरको पाँच लाख २७ हजार नौ सय २६ कित्ता शेयर किनबेच भएको छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित