विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
आर्थिक परिवेश संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।” प्रधानमन्त्रीले भने “तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर…
रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ
आर्थिक परिवेश संवाददातासुमनजंग थापा / कुश्मा । पर्वतको सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरूङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खंदै गरेको स्वास्थ्य चौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको संकेत गर्छ। तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन् । हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको सङ्ख्या अत्यासलाग्दो रहेको जनाउँछ । यहाँका कतिपय हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन् । नजिकको सहर पोखरा, काठमाडौं, चितवनजस्ता सुविधा…
एमसीसी र नेपाली सार्वभौमिकताको प्रश्न
आर्थिक परिवेश संवाददाताकाठमाडाैं, ६ असार । आम जनताको ब्यापक बिरोध र प्रतिरोधका बाबजुद पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात एमसीसी सम्झौता केही महिना अघि ब्याख्यात्मक टिप्पणीसहित सम्सदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द प्रशान्त रणनीतिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरुले रोक्न सकेनौँ । संसदको अंकगणितिय खेल, नेकपा एमालेको मौनता जस्ता कारणले हामी भु-राजनीतिको सवालमा छिमेकीहरुका माझ पक्षघातले थलिएको एउटा कठपुतली र सुदुर देशको आहारामा निर्भर हुनुपर्ने पन्छी बन्ने अवस्था सिर्जना भएको छ । उक्त सम्झौतामा श्रृङखलाबद्द रुपमा धेरै नै विवादास्पद बुँदाहरु रहेका छन् र हाम्रो घरेलु कानुनमाथी हावी हुन पुगेको छ । कुनै पनि…
विप्लव समूहका दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता माओवादी कन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउनुहुँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव…
माओवादी विजयी हुनु राष्ट्रले जित्नु होः अध्यक्ष दाहाल
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उहाँले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताउ । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो”, अध्यक्ष दाहाले भने, “अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाईं हो ।” निर्वाचनको समय नजिक आइसकेको भन्दै उहाँले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै अध्यक्ष दाहालले त्यसको वास्तविक…

