खबर
संघीय व्यवस्थाले छिट्टै नयाँ फड्को मार्छः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग र बलिदानबाट संविधान निर्माण भई परिवर्तन र सामाजिक रुपान्तरणका मुद्दा संस्थागत गरिएको भए पनि संविधानले परिकल्पना गरेअनुरूप संघीय र प्रादेशिक ऐनहरु निर्माण हुने क्रम जारी नै रहेको बताए । उनले संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको सही विन्यास गर्न संघीय कानुनहरु यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूलाई रहेको बताए। उनले कतिपय संघीय कानूनहरु समेत…
यो सरकार ५ वर्ष नै टिक्ने प्रधानमन्त्री प्रचण्डकाे विश्वास
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’ यसअघि बोल्ने क्रममा महानगर प्रमुख बालेन साहले संघीय सरकार अस्थिर भइरहँदा स्थानीय सरकारले दीर्घकालीन काम गर्न नसकेको गुनासो गरेका थिए। त्यसक्रममा मेयर साहले प्रधानमन्त्री प्रचण्डप्रति…
भारतीय तरकारीकाे भरमा नेपाली भान्सा
निकासखबर संवाददाताकाठमाडौं । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात आवश्यक थिएन । तर पछिल्लो समय कृषि प्रधान देश नेपालमा कृषिजन्य उत्पादन घट्दो र आयात बढ्दो अवस्थामा गएको देखिन्छ । फलस्वरुप हाम्रो भान्सामा भारतीय तरकारीले हिस्सा बढाउँदै लगेको तथ्याङ्ले देखाउँछ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा करिब एक वर्षको अवधिमा भित्रिएको तरकारी तथा फलफूलको हिस्सा हेर्ने हो भने हामी पूर्णरुपमा भारतीय बजारमा निर्भर हुँदै गरेको प्रष्ट हुन्छ । हामीले दैनिक खाने तरकारी तथा फूलफूलमा भारतीय बजारको तरकारी र…
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
निकासखबर संवाददातामकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । स्याङ्तानको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ। ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशका १५ सय ८५ पत्रकारलाई सामूहिक दुर्घटना बिमा
निकासखबर संवाददाताहेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको छ । कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । चैत्र ५ बाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैया र दुर्घटना भएको खण्डमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी…

