खबर

खुकुरी प्रहार गरी वृद्धको हत्या
निकासखबर संवाददाता

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो । श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरु…

मेयर बालेनविरुद्ध सुकुम्वासीको प्रदर्शन
निकासखबर संवाददाता

काठमाडौं। सुकुम्वासीहरूले आज पनि काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध आन्दोलन जारी राखेका छन् । उनीहरूले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिरहेका छन्। संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध माइतीघर मण्डलासम्म विरोध प्रदर्शन भइरहेको छ।   उनीहरूले पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिरहेका छन्।

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । सरकार विस्तारको विषयमा उनीहरुबीच महत्वपूर्ण छलफल भएको प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उहाँनीरुबीच भेट भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी भएका थिए ।

मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै
निकासखबर संवाददाता

काठमाडौं । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिनुभएको र सो मस्यौदा तयार भइसकेको प्रेस संयोजक शर्माले बताए । सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानुनको मस्यौदा तयार गरेको र सो विधेयकलाई संसद्मा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको हो । यससम्बन्धी कानुन ‘फास्ट…

सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी
निकासखबर संवाददाता

काठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको जानकारी दिएका हुन् । हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन झन्डै एक वर्ष कुर्नुपर्छ । मागअनुसार चालक अनुमतिपत्र छाप्न नसक्दा वितरणमा समस्या भएको उनको भनाइ छ । अहिले दैनिक छ हजार चालक अनुमतिपत्रको माग छ । तर दैनिक चार हजार अनुमतिपत्र मात्र छपाइ हुँदै आएको छ । अझै आठ लाख अनुमतिपत्र छाप्न…