खबर
जनतामा आशाको रक्क्तसञ्चार हुने गरी काम गर्ने संकल्प गरेको छु : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनतामा रहेको निरासा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्ने संकल्प गरेको बताएका छन् । काठमाडौंमा आयोजित सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा आफुले सम्पूर्ण तागतका साथ निरासा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नेमा लगाउने बताएका हुन् । सरकारको अठोटमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको समेत बताए । सञ्चारमाध्यमहरूले समस्याको उजागार गर्ने, त्यसको विश्लेषण गर्ने र आलोचनात्मक रूपमा सम्प्रेषण गर्नुकासाथै सरकारले गरेका सकारात्मक प्रयास र प्राप्त उपलब्धिलाई जनता समक्ष…
वित्तिय लुटपाट बन्द नभए हामी कठोर कदम चाल्छौंः बास्तोला
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर गरेकाछन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तिय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडाब्यक्त गरेका हुन् । बास्तोलाले ‘सहकारी, लघुवित्त र विदेशी बैंकहरुलाई खारेज गरी राष्ट्रिय बाँणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडहरुको गाउँगाउँ सम्म सेवाविस्तार गरेर जन अपेक्षा अनुसार परिचालन गर्नसके देशको आर्थिक संकटहलहुने धारणा राखेकाहुन् । जनताको समृद्धिको लागि भनिएका लघुवित्त तथा कमर्सियल बैंकहरु जनताका काल बन्दै गएको…
छुवाछुत विरुद्धको राष्ट्रिय दिवस मनाउने सरकारलाई दलितहरुले दिए धन्यबाद
निकासखबर संवाददाताविराटनग । जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै दलितहरुले बर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका छन । ५८ औ अन्तराष्टिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कोसी प्रदेश स्तरिय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी दलितहरुले जेठ २१ गतेलाई छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका हुन । दलित अधिकारकर्मी उमेश विश्वकर्माले अन्तिरम संसदले पहिलो पल्ट देशलाई छुवाछुत मुक्त्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउने वर्तमान सरकारको निर्णय स्वागत योग्य रहेको बताए । उनले हावा , पानी देखी चरा…
सूचना प्रविधिको विकाससँगै जोखिम पनि बढ्दै गएको छः मन्त्री शर्मा
निकासखबर संवाददातानयाँ दिल्ली । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाला सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छन् । नयाँ दिल्लीमा बुधबार भएको भारतीय समकक्षीसँगको द्धिपक्षीय बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् । ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बोसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्’– उनले भनिन्– ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु ।’ नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री…
बागमती प्रदेशसभा बैठक १० गतेका लागि सारियो
निकासखबर संवाददातामकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित भएपछि १० गते बस्ने गरी सारिएको हो । अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले बताए । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनको भनाइ छ । आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित…

