खबर
पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् । पद्मोदय माध्यमिक विद्यालय, काठमाडौंको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने–‘शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ ।’ शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्ष समेत भएको प्रधानमन्त्रीको भनाई थियो । देशको जनशक्तिले राष्ट्रियस्तरमा मात्रै नभएर विश्वबजारको प्रतिस्पर्धामा अग्रता हासिल गर्न राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिनुपर्ने प्रधानमन्त्री…
पत्रकार टिआर शर्मा र भगवति पाण्डेले गरे चौतारीको कल्याणकारी कोषमा सहयोग घोषणा
निकासखबर संवाददाताबुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संगठनका केन्द्रीय सदस्य टिआर शर्मा र जिल्ला उपाध्यक्ष भगवति पाण्डेले सहयोगको घोषणा गरेका छन् । प्रेस चौतारी रुपन्देहीको आइतबार बसेको सातौं पूर्ण बैठकका अवसरमा केन्द्रीय सदस्य शर्माले कल्याणकारी कोषका लागि २५ हजार ५५५ रुपियाँ सहयोग गर्ने घोषणा गरेका हुन् । पत्रकारहरुको हितका चौतारी रुपन्देहीले निकै सह्रानीय काम गरेको भन्दै उनले यसमा आफ्नो पनि योगदान रहने भन्दै उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस्तै संगठनकी जिल्ला उपाध्यक्ष भगवति पाण्डेले आफूले यसअघि ५ हजार रुपियाँ कोषमा सहयोग गरेकोमा आइतबार आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा १५ हजार पु¥याउने घोषणा गरिन्…
अर्थतन्त्रका सूचक सुधार्दै आर्थिक गतिविधि चलायमान बनाउन केन्द्रीत छौं : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउने र अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउने भन्नेतर्फ सरकार केन्द्रीत भएको बताएका छन् । आज(आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधरणसभालाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको समेत उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने–‘आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान गएको छ । अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ । सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक…
प्रेस सेन्टर सुनसरीको प्रथम साधारण सभा सम्पन्न, प्रकाश बन्जरालाई सचिवको जिम्मेवारी
निकासखबर संवाददातासुनसरी । प्रेस सेन्टर, नेपाल जिल्ला समन्वय समिति सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । इटहरी–६ स्थित पिस जोन स्कुलको हलमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल प्रमुख अतिथी रहेका थिए। पार्टीको सुनसरी जिल्ला इन्चार्ज समेत रहेका बरालले बदलिएको परिस्थितिमा पत्रकारहरुले आफूलाई समाहित गरि संचारकर्म गर्न आग्रह गरे । उनले भने–‘प्रविधिको विकासले पत्रकारलाई अझ दक्ष बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।’ उनले पार्टीले जन सम्बन्ध सुदृढिकरण अभियान संचालन गरिरहेकोले प्रेस सेन्टरले यसलाई सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यसैगरि अर्का केन्द्रीय सदस्य मुक्सामहाङ्ग मेन्याङ्वो ‘मुकेश’ले माओवादी नेतृत्वलाई अहिले चौतर्फी घेराबन्दी गर्दै शान्ति प्रक्रिया…
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणमा ६ वर्षदेखि अवरोध
निकासखबर संवाददाताकाठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध रहेको छ । हटिया क्षेत्रमा १४ वटा, हेटौडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभर्यारङमा २ वटा र जियाजोर क्षेत्रमा ८ वटा टावर निर्माणमा अवरोध छ । थानाभर्यारङ स्थित सबस्टेसनमा लाइन छिराउन २ वटा टावर निर्माण गर्नु पर्ने छ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटा घर प्रभावित…

