खबर
आरआरमा खुकुरी हानाहान तीनजना घाइते
निकासखबर संवाददाताकाठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि एकीकृत नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीले एमाले निकट विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ । खुकुरी हानाहानमा अनेरास्ववियुका प्राकका अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थी घाइते भएको बताए । राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका हुन् । उनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको जनाए । सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं भरका गुण्डाहरु बोलाएर आक्रमण गर्न खोजिएको र निर्वाचन बिथोल्न खोजिएको खड्काको आरोप छ ।…
तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छः मन्त्री शर्मा
निकासखबर संवाददातातनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरिन् । मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताइन् । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । उनले भनिन्, “स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।” विकास निर्माणमा सरकार प्रतिबद्ध…
निजामतीभित्रको विकृति र विसंगति समाधान गर्न ऐन कोसेढुंगा सावित हुन्छः मन्त्री मोदी
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले निजामती सेवाभित्रका विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन कोसेढुंगा सावित हुने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको संघीय निजामती ऐनको सन्दर्भमा संवैधानिक आयोगका अध्यक्ष एवं अन्य पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् । “विद्यमान निजामती सेवामा बहाल रहेका कर्मचारीहरुमा उचित दण्ड र पुरस्कारको प्रबन्ध छैन, दण्ड भनेकै अनिच्छित सरुवा हो र पुरस्कार भनेको आकर्षक सरुवा हो भन्ने मात्रै बुझाई स्थापित छ” उनले भने “त्यसलाई व्यवस्थित गर्नका लागि प्रस्तावित संघीय निजामती सेवा ऐनमा समुचित कारबाहीको व्यवस्था मिलाउने, त्यसका लागि कानुनी र संरचनागत…
ठुलो मान्छेले काम गर्नै हुन्न भन्ने मानसिकता भत्काउनुपर्छ: पर्यटन मन्त्री सुदन किराँती
निकासखबर संवाददाताकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् । शनिबारबाट सुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए । उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिए । उनले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गरे । आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने उनको भनाइ थियो। मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश…
इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीहरूलाई सम्मान
निकासखबर संवाददाताकाठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा इन्फोडेभलपर्सले ३ बर्ष भन्दा बढी योगदान गरेका महिला कर्मचारीलाई आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । इन्फोडेभलपर्समा सफ्टवेयर डेभलपमेन्ट, प्लानिङ, सेल्स, मार्केटिङ, सपोर्ट लगायतका विभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन् । कम्पनीले अनु खड्का, बिन्दु प्रधान, दिक्षा शाक्य, लसता तुलाधर, मनिषा खनाल, निश्मा काफ्ले, रेनुका खड्का, सन्जु मगर, श्रेया तामाङ्ग, श्रीस्टिना नकर्मी, सुस्मिता राईलाई सम्मान गरेको छ । सम्मान पाउने कर्मचारीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै वरिष्ठ इन्जिनियर निश्मा काफ्लेले नेपालकै अग्रणी कम्पनीमा काम गर्दा विभिन्न प्रयोगात्मक कुराहरु सिक्नुको साथै आफुलाई…

