खबर

प्रदेशको फेर्नुपर्ने भन्दै आन्दोलनको घोषणा
निकासखबर संवाददाता

काठमाडौं । प्रदेशको फेर्नुपर्ने भन्दै आन्दोलनको घोषणाभएको छ । कोशी प्रदेशको पुनः नामाङ्कन माग गर्दै आन्दोलनको घोषणा गरिएको हो । भर्खरै नामाकरण गरिएको कोशी नाम खारेज गर्ने आन्दोलनको नेतृत्व गर्न शुक्रबार ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ घोषणा गरिएको छ । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक तथा सामुदायिक संगठनहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते आमहड्तालसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापाी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय…

देशी विदेशी षड्यन्त्रविरुद्ध माओवादी आगो बन्नुपर्छः सुबोध शेर्पाली
निकासखबर संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिगका अध्यक्ष सुबोध शेर्पालीले माओवादी एक भएर देशी विदेशी षड्यन्त्रविरुद्ध आगो बन्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतमा द्धन्द्धकालीन मुद्दा दर्ता भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष शेर्पालीले नझुक्ने नचुक्ने यात्रामा जुट्नु पर्ने बताएका हुन्। उनले आफ्नो फेसबुकमा लेख्दै, ‘पार्टी सदस्यदेखि हाल केन्द्रीय नेता सबैलाई एउटै सांगठनिक अनुशासनमा परिचालन गरौं’ भनेका छन् । उनले सामाजिक सञ्जालमा अगाडी लेखेका छन– ‘दुई डिजिटको केन्द्रीय समिती र कम्युनिस्ट पार्टीको परम्परा अनुसार एकल नेतृत्व वरिपरि फलामे पर्खाल बनेर माओवादी धार तेज बनाउ। यसैमा हामी सबैको भलो र भविष्य छ। केन्द्रिकृत नेतृत्व चुस्त कमिटी अबको माओवादी बाटो…… ।’

क्यान्सर सङ्क्रमितलाई उपभार खर्च अभाव
निकासखबर संवाददाता

झापा । झापाको गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् । फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उनले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उनकी पत्नी कुलोमाया ताजपुरियाले बताइन्। जाँच गर्ने आर्थिक अभावकै कारण उनको क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन । बुढालाई रोग लाग्यो, पैसा नभएर औषधी उपचार गर्न नसकेको बताउँदै उनले उपचारमा आर्थिक सहयोगको अपिल गरिन् । आफ्नो ऋणमाथि ऋण रहेको र…

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १०१ महिला सम्मानित
निकासखबर संवाददाता

काठमाडौं ।  वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक महिलाहरूलाई सम्मान गरेको छ । फागुन २४ गते होटल हायात प्लेसमा आयोजना भएको कार्यक्रममा आइसिटी क्षेत्रमा योगदान गर्ने १०१ महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गरेकी थिइन्  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा अतिथिको रुपमा सांसद सुमना श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्ट, यूएन वुमनकी अन्जना वैद्य, आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल…

राष्ट्रपतिको निर्वाचनमा सांसद घाइते
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा एकजना सांसद घाइते भएका छन् । मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका हुन् । उनी संसद भवनमा मतदान गरेर फर्कने क्रममा लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । न्यौपाने नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन् ।