खबर
नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा
निकासखबर संवाददातारामेछाप । नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा निर्माण गरिएको छ । जिल्लाको रामेछाप नगरपालिका ८ डकुरसिं डाँडामा नेपालकै अग्लो गणेशको मूर्ति स्थापना गरीएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको ३० लाख सहयोगमा नगरपालिकाले २१.५ फिट अग्लो मुर्ती निर्माण गरेको हो । उक्त मुर्ति नेपालकै सबैभन्दा अग्लो रहेको मुर्ति स्थापना गर्ने कार्यमा सम्लग्न ईन्जिनियर हिरण्यप्रसाद पौडेलले बताए । रामेछापको पर्यटकिय स्थान डकुरसिंडाँडामा गणेशको मूर्ति स्थापनाका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत योजना कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ ईन्जिनियर कुशुम भट्टराईका अनुसार उक्त मुर्ति निर्माणका लागि करिव ३० लाख खर्च भएको छ । भारतिय कारिगढले गणेशको…
राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध
निकासखबर संवाददाताकाठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म…
बालुवाटरमा आठदलीय गठबन्धन बैठक सुरू
निकासखबर संवाददाताकाठमाडौं । आठदलीय गठबन्धन बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । याे सिहत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएपछि बैठकले संयुक्त धारणा समेत बनाउने बताइएकाे छ । बैठकमा सर्वोच्चको मुद्धाका अलवा राष्ट्रपतिको चुनाव, सरकार विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिसकेका छन् । अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै…
बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएका छौँः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्। व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।” उनले भने “अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ। म…
माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँगः विप्लव
निकासखबर संवाददाताकाठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी नबनाउन चेतावनी दिएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा विप्लवले यस्तो गर्न खोजे क्रान्ति रिभाइभ हुने चेतावनी समेत दिए। ‘यो लोक्तन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजियो, इतिहास दोहोरिन सक्छ हेक्का राखे हुन्छ फेरि माओवादी फर्किन्छ’ विप्लवले भने,‘माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यही सिद्धिन्थे। माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँग छ।’ यो व्यवस्थामा सहिदहरुको सम्मान नहुने उनको दाबी रह्यो। ‘दलालहरुको चकचकी भएको सत्तामा सहिदहरुलाई सम्मान भेटिदैँन,ु विप्लवले भने। ‘जसले सम्मान खानुपर्ने उनीहरु अपराधीजस्तो। कठघरामा उभिनुनपर्ने चै सम्मान खाँदै हिँडेको,ु उनले भने। सहिद परिवारलाई…

