खबर
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताए । प्रधामन्त्री दाहालले भने, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उनले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको…
जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ
निकासखबर संवाददातानेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाए । उनले भने, “अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।” संविधानसभाका अध्यक्ष नेम्वाङले अर्काे प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको…
भिसा लगाईदिन्छु भन्दै गुरुङ्गले पैसा मात्रै लगेः पिडीत
निकासखबर संवाददातामोरङ । वैदेशिक रोजगारिको लागि कतार स्थित ॐ करण कम्पनिमा गएका उर्लाबारी –३ थापा चोकका सुमन खड्का कम्पनिले भनेजस्तो सुविधा नदिएपछि कम्पनिबाट भागेर सनईया ३६ प्लाजा महलको एक घडी पसलमा काम गर्न थाले । उक्त पसलका संचालक नेपाली नै भएको नाताले सुमन सहजताका साथ पसलमा काम गर्न थालेका थिए । तर, पसल संचालक ईलामका भोजराज गुरुङ्ग सोचेजस्तो विश्वासका पात्र नभएको सुमनको भनाइ छ । सन् २०२० को मार्चमा उक्त पसलमा सेल्स ब्वाईको रुपमा कार्यरत सुमन आफु नेपाल फर्कन चाहन्थे । देश फर्कने आशाले उक्त पसलमा काम गर्दे आएका सुमनसँग राहदानी नभएको फाईदा उठाउदै संचालक गुरुङ्गले नेपाल फर्काईदिने भन्दै ९ हजार…
गति लिँदै भेडेटार–राँके सडक
निकासखबर संवाददाताधनकुटा । पछिल्लो समय धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ । धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै निर्माण कार्यले गति लिएको हो । एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि भारत लखनऊको एप्को इन्फाटेक इन्डियाले जिम्मा पाएको थियो । २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा भारतीय कम्पनीले गत मङ्सिरमा पुनः २०८१ मा काम सक्ने थप म्याद पाएको छ ।एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा सुरु भएको सडक निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा भएको थियो । थप म्यादपछि द्रुतगतीमा काम थालेको…
कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण
निकासखबर संवाददाताकाठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ। कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो। कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ। अनुमगन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता बृद्धि…

