खबर
कांग्रेस सिहत ८ दलकाे सहमति राष्ट्रिय सहमति हाेः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन् । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि ८ राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्नु परेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको बताए । लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुसी र गौरवान्वित समेत…
स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नु पर्ने सराेकारवालकाे माग
निकासखबर संवाददाताभक्तपुर । काठमाडौं उपत्यकाका पूर्वी भेगका पाँच नगरपालिका समेटेर बनाउने भनेको स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्। उपत्यकाका पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना विगत सात वर्ष देखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको भन्दै यो खारेज गराउनु पर्नेमा सारोकारवालाहरुले बताएका हुन् । उपत्यकाका पूर्वी भेगका नगर प्रमुखहरुको बैठकले स्मार्ट सिटीकोलागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट ब्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरु ल्याउनुपर्ने निर्णय गरेको छ । काठमाडौंका दुई र भक्तपुरका तीन नगरपालिका…
अब स्तरीकृत परीक्षा, विद्यार्थीलाई सजिला प्रश्नपत्र मात्रै सोधिने !
निकासखबर संवाददाताकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्नेगरी स्तरीकृत परीक्षा लिने भएको छ। यसअघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ। शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषयक शिक्षा बहसमा बोल्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तल्लो तहदेखि नै विद्यार्थीको मूल्यांकनमा सुधार गर्न लागिएको बताए। ‘अहिलेसम्मका प्रश्नपत्रमा विद्यार्थीको ज्ञान मात्रै नापिरहेका थियौं। अब बोध, प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गछौं ।’ डा. शर्माले भने, ‘त्यसको काम स्तरीकृत परीक्षा मार्फत् गर्छौं ।’ डा. शर्माकाअनुसार बोर्डले पहिलो चरणमा ६ देखि ८…
राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीकाे दावी, उपराष्ट्रपति जसपालाई
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दल सहमति नजिक पुगेका छन् । राष्ट्रपति र उपपराष्ट्रपतिबारे निर्णय गर्न बसेको बैठकमा चार दल सहमति नजिक पुगेका हुन् । बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने निश्चित भएको बताइएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी रहेको भएपनि उपराष्ट्रपति जसपाकै बन्ने पक्का भएको बैठकमा सहभागि एक नेताले बताए । शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ । एकीकृत समाजवादीको मागलाई जसपा र माओवादीको पनि समर्थन रहेको छ । तर माधवकुमार…
धनकुटामा एक बृद्वकाे विभत्स हत्या
निकासखबर संवाददाताधनकुटा । धनकुटाको महालक्ष्मी–५ ज्यामिरेमा शुक्रबार एक वृद्धको हत्या भएको छ । स्थानीय ७० वर्षका मानबहादुर बस्नेतको विभत्स रुपमा हत्या भएको हो । हत्या राति नै भएको हुन सक्ने भएपनि प्रहरीलाई बिहान मात्र जानकारी आएको प्रहरीले जनाएको छ । निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरका अनुसार हत्या गरिएका वृद्धको टाउको घटनास्थलबाट एक किलोमिटर टाढा रहेको र शरिरको अन्य भाग भने उनको घरैमा रहेको छ । घटनास्थल महालक्ष्मी नगरपालिकाको मुकाम जीतपुर बजारबाट ९ र लेगुवा बजारबाट २ किलोमिटरको दुरीमा पर्दछ । घटना भएको थाहा पाएपछि आफुहरु त्यसतर्फ जाँदै गरेको र घटनाबारे घटनास्थल पुगेर मात्र विस्तृतमा जानकारी पाउन सकिने उनले बताए…

