खबर

प्रचण्ड गृह जिल्ला चितवनमा जाँदैः धमाधम शिलान्यासदेखि लालपुर्जा वितरणसम्म
निकासखबर संवाददाता

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका(२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन आउँदै छन् । लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन प्रचण्डले लालपुर्जा बाँड्दै छन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर(२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ ।…

तनहुँमा बालिका बेपत्ता
निकासखबर संवाददाता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता भएकी हुन् । बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिए । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एमाले प्रवेश गरेका गाउँपालिकाका अध्यक्ष २४ घण्टा नबित्दै माओवादीमै फर्किए
निकासखबर संवाददाता

धादिङ । केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ पुनः माओवादीमै फर्किएका छन् । समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै उनि माओवादीमै फर्किएका हुन् । उनि नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि उनी नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटीको सदस्य थिए ।उनि माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एकमात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिमा हुर्किए पनि द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सक्रिय रहेका थिए । ईकान्तिपुरबाट

स्थानीय तह निर्वाचनको सन्दर्भमा माओवादीको अपिल
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा अपिल जारी गरेको छ । समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको अपिलमा उल्लेख गरेको छ । माओवादीले संविधानमा रहेको मौलिक हक कार्यन्वयन गर्न सबै तहमा माओवादी केन्द्रको नेतृत्व चाहिने अपिलमा दाबी छ । ‘आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जानेछन्’, अपिलमा छ, ‘जनक्रान्तिको रक्षा,राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि माओवादी केन्द्रको नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको छ ।’ यस्तो छ…

गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुन्छः माधव नेपाल
निकासखबर संवाददाता

कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई हिन्दी भाषामा सम्बोधन गरेका नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले दाबी गर्ने बताएका हुन् । ‘यो क्षेत्रमा हामी बलिया छौं । त्यसैले यहाँ हाम्रो दाबी रहने छ,’ उनले भने ।  नेता नेपालले मंगलबार बिहान पाँच दलबीच निर्वाचनमा मिलेर लड्ने सामूहिक रूपमा संकल्प भएको बताए । उनले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्‍याउने दाबीसमेत गरे । एमालेप्रति इङ्गित गर्दै अध्यक्ष नेपालले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता…