खबर
जनजाती आन्दोलनको प्रकृति समय सापेक्ष व्यवस्थित गर्ने
निकासखबर संवाददाताकाठमाडौं । नेपाल आदीवासी जनजाती महासंघको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पत्रकार सम्मेलन मार्फत आगामी दिनमा आदीवासी जनजाती आन्दोलनमा महत्वपूर्ण भूमीका खेल्ने बताएको छ । काठमाडौंको नयाँबानेश्वर स्थित ईन्देणी फुडल्यण्डमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जनजाती आन्दोलनको प्रकृति समय सापेक्ष परिस्कृत र व्यवस्थित गर्दै लैजाने बताएको हो । जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघले विभिन्न १४ बँुदे प्रेस विज्ञप्ति मार्फत जनजातीहरुका हकअधिकारकालागि आफूहरुले विभिन्न १४ बुँदालाई ध्यनमा राख्दै जनजाती आन्दोलनलाई अगाडी बढाउने बताए । उनले नेपाल जनजाती महासंघको नवनिर्वाचित केन्द्रीय समितिले जातिय पहिचान सहितको संघियता, सामुहिक अधिकार सहितको स्वशासन र स्वायत्तता, संरक्षित र विशेष क्षेत्र राज्यको हरेक निकायमा जातीय, जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको…
पाल्पामा जिप दुर्घटना, चालकसहित ११ जना घाइते
निकासखबर संवाददातापाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ । सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।
प्रचण्ड रोल्पा जाने, लिबाङमा आमसभालाई सम्बोधन गर्ने
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन् । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ । करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए । यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।
निवार्चन आचारसंहिता : पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?
निकासखबर संवाददाताकाठमाडौं, ४ चैत । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७८ ल्याएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणलाई स्पष्ट शब्दमा उल्लेख गरिएको छ । ‘कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने,’ आचारसंहितामा भनिएको छ । सञ्चार प्रतिष्ठान र पत्रकारले जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भाव खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन…
चुनाव लक्षित कार्यक्रम लिएर गाउँ पसे राजनीतिक दल
निकासखबर संवाददाताजुम्ला । आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुम्लाका राजनीतिक दल गाउँमा प्रवेश गर्न थालेका छन् । जुम्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना दलका नेताहरू चुनाव लक्षित कार्यक्रम लिएर गाउँमा छिरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रमअघि बढिसकेको बताए । उनका अनुसार ५ चैतदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ । उनले भने, ‘गाउँमा भेटघाट कार्यक्रमलाई तीव्र पारिएको छ । हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ ।’ माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर एक चरण गाउँसम्म पुगिसकेको जनाएको छ । पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ…

