खबर
कोरियाका लागि खुल्यो रोजगारी, ९,६५४ जनाको आवेदन खुला
निकासखबर संवाददाताकाठमाडौं । नेपाल सरकारले रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ। बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२(२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार २१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ अमिक लैजाने भएका छन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आबेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आबेदन फाराम भर्नुपर्नेछ। सो शाखाका निर्देशक पुष्पराज कटुवालले कृषि तथा पशुपालनतर्फ छनोट…
घेराबन्दी गरेर माओवादीलाई कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्छः प्रचण्ड
निकासखबर संवाददाताविराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरुले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दावी गर्दै विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको बताए । प्रचण्डले कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे खुलाएनन् । माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रचण्डले समावेशी…
बालकको हत्या आरोपीलाई भिडले जिउँदै जलायो
निकासखबर संवाददाताकाठमाडौं । भारतको असममा एक ५ वर्षका बालकको हत्या आरोपीलाई भिडले जिउँदै जलाइदिएको छ । असमको रोहमोरिया पुलिस चौकी अन्तर्गत ढोलजान चिया बगानमा ५ वर्षका एक बालकको कथित रुपमा हत्या भएको घटनाले आक्रोशित बगानका स्थानीयले आरोपीलाई जिउँदै जलाइदिएका हुन् । डिब्रुगढ सहरबाट करिब २५ किलोमिटर टाढा रहेको ढोलजान चिया बगानमा भएको यो घटना शनिबारको हो । डिब्रुगढ जिल्लाका पुलिस अधीक्षक श्वेतांक मिश्राले घटनाको पुष्टि गर्दै पुलिसले घटनास्थलमा पुगेर पूरै घटनाको जाँच सुरु गरेको बताएका छन् । घटनाको बारेमा प्राप्त जानकारी अनुसार ५ वर्षका बालक उज्जवल मुरा अन्य बालबालिकाहरुको साथमा शनिबार आरोपी सुनिल तांतीको घर परिसरमा खेलिरहेका थिए । यही बीच…
स्वास्थ्य मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता नदिने
निकासखबर संवाददाताकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो । दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ । दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण…
१८ महिने नाबालिकाको बलात्कार गरी हत्या
निकासखबर संवाददाताकाठमाडौं । डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा डेढ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको हो । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए । बालिकालाई बलात्कार गरेर झाडीमा फालेर फरार भएका थिए । २७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको…

