खबर
धनुषाधाममा चिडियाखाना बनाइने
निकासखबर संवाददाताजनकपुरधाम । वन तथा वातावरण मन्त्री रामसहाय यादवले धनुषाधामा प्राणी उद्यान (चिडियाखाना) निर्माण गरिने बताएका छन् । शुक्रबार बिहान धनुषाधामस्थित वनस्तपति अनुसन्धान केन्द्रको वस्तपति उद्यानको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रुपमा विकास गरिने बताए । धनुषाधाममा प्राणी उद्यानको प्रवल सम्भावना रहेकाले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको मन्त्री यादवले बताए । वस्तपति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथ साथै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए । अहिले रहेको वनस्तपति अनुसन्धान केन्द्रलाई व्यस्थित गर्दै वस्तपति…
केपी प्रवृत्तिविरुद्ध लड्न अन्यदलका नेतालाई माओवादीले प्रधानमन्त्री बनाएको होः प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था आएको बताएका छन् । उनले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न आफूहले त्यस्तो गरेको बताएका हुन् । ‘प्रतिगमनविरुद्धको संघर्ष’मा माओवादीले आफूलाई प्रमाणित गरेको बताउँदै प्रचण्डले आफुहरुले त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको बताए । ‘प्रतिगमनविरुद्धको संघर्ष’मा आफूहरुले केपी प्रवृत्तिको अन्त्यका लागि गरेको र सफल भएको उनको भनाइ छ । केपी प्रवृत्तिका विरुद्ध नै आफु र माधब नेपालले शेरबहादुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेको र त्यही अनुरुप भएको बताउदै संसदको संंख्या समेत आफुहरुले पुर्याउने अठोटका साथ देउवालाई ‘हामी संख्या पुर्याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुपर्यो भनेर नै उहाँलाई प्रधानमन्त्री…
चुनाव केन्द्रित हुँदै दलहरुः स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा भागबण्डा
निकासखबर संवाददाताकाठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन् । दलहरुले आफ्नो विगतलाई संझदै महानगरपालिकामा भागबण्डा गर्ने भएका हुन् । पछिल्लो समय नेकपा (माओवाी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेको बेलामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् । उनले पार्टीका नेताहरुलाई गठबन्धनका नेताहरुलाई आँच पुर्याउनेगरि नबोल्न समेत निर्देशन दिएका छन् । देउवाले काँग्रेसको जिोको अवस्थालाई हेर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिने बताएका छन् । अहिले गठबन्धनमा महानगरपालिकामा भागबण्डा…
राजधानीमै २२ वर्ष देखी अलपत्र आयोजना बल्ल भयो निर्माण सुरु
निकासखबर संवाददाताकाठमाडौं । काठमाडौं उपत्यकामा रहेको मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु भएको थियो । आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो । यही कारण आयोजनाको काम ढिलाइ गर्दै गएपछि…
७३ जना सहिदको सम्मान र सम्झनामा सहिद स्तम्भ र पार्क निर्माण
निकासखबर संवाददाताखोटाङ। खोटाङको साकेला गाउँपालिकाले सहिद स्तम्भ पार्क ९उद्यान० निर्माण गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका ७३ जनाको सम्मान र सम्झनामा साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा सहिद स्तम्भ पार्क निर्माण गरिएको हो । प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्ष विनियोजित १५ लाखको खर्चमा गाउँपालिकाले सहिद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताले सेल्टरका रुपमा प्रयोग गरेको तावाभञ्ज्याङमा सहिद पार्क निर्माण गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए । पार्कमा खोटाङका जनयुद्धका प्रथम सहिद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सहिद मनोज जोशीको…

