खबर

सातदोबाटो झापा गोल्ड कपको सेमिफाइनलमा
निकासखबर संवाददाता

झापा । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए ।  तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए । खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् ।…

माओवादी केन्द्र थपिए ९७ केन्द्रीय सदस्य
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ९७ जना केन्द्रीय समिति सदस्य थप गरेको छ । जारी केन्द्रीय समितीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जनाको प्रस्ताव गरेका हुन्। खुलातर्फ ५५ तथा समानुपातिकतर्फ ४२ जनाको नाम प्रचण्डले बैठकसमक्ष पेश गरेका थिए । प्रचण्डले प्रस्तावि गरेका ९७ जना केन्द्रीय सदस्यहरू निम्‍न छन्ः दलित पुरुषतर्फबाट शंकर दुलाल–वाग्मती, ठाकुर बिक–लुम्बिनी, टेक बहादुर मिजार–वाग्मती, रणेन्द्र बराइली–वाग्मती, कर्णबहादुर बिक–सुदूरपश्चिम, रामलाल बिक–कर्णाली दलित महिला अनिता परियार–प्रदेश १ दलित महिला युवा सपना परियार–प्रदेश–१ मुस्लिम पुरुष अतर हुसेन–लुम्बिनी, रजि हैदर–मधेस, कोहिद अन्सारी–मधेस, इश्रार खान–लुम्बिनी मुस्लिम महिला शेख चाँद तारा–मधेस मधेसी पुरुष सूर्य नाथ यादव–मधेस, अशोक जयशवाल–मधेस, सत्य नारायण भगत–मधेस, दिलीप…

माओवादीमा पदाधीकारी चयन चुनावपछि मात्रै
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकबाट पदाधीकारी चयन नहुने भएको छ । पार्टीमा अध्यक्षबाहेक बाँकी रहेका सबै पदाधीकारी वैशाखमा हुने स्थानीय चुनावपश्चात् मात्रै चयन गरिने भएको हो । माओवादीले जारी केन्द्रीय कमिटी बैठकबाट बाँकी रहेका पदाधीकारी चयन गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगन गर्नुपरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पदाधीकारी चयन नगरी चुनावमा जाने भन्ने सहमति भएको उनको भनाइ छ । माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।

माओवादी केन्द्र बैठकः केन्द्रीय प्रतिनिधि तोकिएकालाई केन्द्रीय सदस्य नियुक्तिको तयारी
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि तोकिएका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने तयारी गरेको छ । शुक्रबार देखि राजधानीमा जारी केन्द्रीय समिति बैठकले विद्यार्थी, युवा र मजदुरबाट नयाँ नेताहरुलाई नियुक्तीको तयारी गरेको हो । अहिले काठमाडौंमा उपलब्ध रमेश मल्ल, रन्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम र तिलक भण्डारी लगायत नेताहरु बैठकमा सहभागी भएका छन् । उनीहरुसमेत केही अन्य नेताहरुलाई पनि बैठकमा बोलाइएको बताइएको छ । आफूहरुलाई बोलाएपछि बैठकमा सहभागी भएको एक नेताले बताए । अहिले माओवादी केन्द्रमा २४६ केन्द्रीय सदस्य रहेका छन् ।

गाउँपालिका अध्यक्ष नै हतियार बोकेर गाउँ गाउँमा , सर्वसाधरण त्रसित
निकासखबर संवाददाता

जाजरकोट। अचम्म लाग्छ गाउँपालिका अध्यक्ष नै हतियार बोकेर गाउँ गाउँमा भन्दा तर, जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् । उनि हतियार सहित गाउँमा हिड्न थाले पछि स्थानीय त्रसित भएका छन् । स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका हुन् । गाउँपालिका अध्यक्ष जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्ने गरेको एक जनप्रतिनिधिले बताए । अध्यक्षको आलोचना भई रहेको भए पनि आफूहरुले त्यस्तो नगर्नुस् भन्दा नमान्ने गरेको उनको भनाइ छ छ । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।…