खबर
सेवाबाट निकालिए दुई पालिका प्रहरी
निकासखबर संवाददाताखोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई पालिका गाउँ प्रहरीलाई सेवाबाट निकालेको छ । तीन जना गाउँ प्रहरी भर्ना गरिएकामा हाल एक जना गाउँ प्रहरी मात्र कार्यरत रहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । ऐसेलखर्क गाउँपालिकाले २०७६ साल फागुन १४ तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा सुविधा पाउनेगरी भर्ना गरिएको थियो । रिक्त दरबन्दीमा गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकारात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ । गाउँ प्रहरीले…
सार्वजनिक यातायातको भाडादर आफै बढाउने यातायात व्यवसायीको चेतावनी
निकासखबर संवाददाताकाठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन् । सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको महासंघका महासचिव सरोज सिटौलाले बताए । आइतबार महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताए । उनले महासंघको बैठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा…
बलात्कार आरोपी एमाले सांसद बानियाँको पद निलम्बन
निकासखबर संवाददाताकाठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।
होटलको कोठामा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न पक्राउ
निकासखबर संवाददातासुनसरी। सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेका छन् । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घटना सम्वन्धमा अनुसन्धान शुरु गरेको थियो । तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाए संगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल ईटहरी–५ मा बस्दै…
दमौलीमा लागेको आगो नियन्त्रणमा मन्त्री श्रेष्ठको अग्रसरता, हेलीकप्टरमा पानी लिएर दमौली प्रस्थान
निकासखबर संवाददातादमौली । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गरेका छन् । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली गएका हुन् । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गरेका हुन् । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा आगलागी भएको हो । हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जनाएको छ ।

