खबर
नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति
काठमाडौं, ९ असोज २०८० ।नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक हब मानिन्छ । नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सीसीपीआईटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समाराोहमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उसी पूर्वी चीनको सांघाई नजिकैको सहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालहरू मध्ये एक, ताइहुको किनारमा अवस्थित छ…
मणिपाल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ
कास्की, ९ असोज २०८० ।जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । असोज ७ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाँया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याको उपचारार्थ पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते डाक्टरद्वारा मृत घोषणा गरिएकोमा मृतकका आफन्तहरूले डाक्टरको लापरवाहीको कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए । मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलनका क्रममा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको घटनामा पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न…
दशैं–तिहार सुरक्षा विशेष योजना लागू गर्ने तयारीमा प्रहरी
काठमाडौं, ९ असोज २०८० ।नेपाल प्रहरीले दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दशैं–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए। उनले भने, “दशैं तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक चरिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।” यसैगरी उनले दशैं–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन गरिने जानकारी…
नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी
काठमाडौं, ८ असोज २०८० ।नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १० वटा सम्झौता र ३ वटा समझदारी पत्र आदान प्रदान गरेका छन् । यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए । श्रेष्ठ र चिनियाँ अधिकारीले नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गरेका हुन् । शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीले विज्ञान तथा प्रविधि र…
विश्व बैंकले नेपाललाई २ अर्ब ६० करोड अनुदान दिने
काठमाडौं, ६ असोज २०८० ।विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनालाई सहयोग गर्न २ अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात् २ करोड डलर अनुदान स्वीकृत गरेको छ । नेपालका १६ गाउँपालिकाका ५५ हजारभन्दा धेरै साना किसानलाई कृषि उत्पादकत्व र पोषण अभ्यासमार्फत यस परियोजनाले लाभ दिने उद्देश्य रहेको बैंकले जनाएको छ । ‘दिगो विकासका लक्ष्य र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिवद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्दै गरिबी न्यूनीकरण गर्नु नेपाल सरकारको राष्ट्रिय लक्ष्य छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने । परियोजनाले उत्पादकत्व र जीविकोपार्जनसँगै सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न सरकारको प्रयासलाई…

