खबर
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद माफी मिनाहा
काठमाडौं, ३ असोज २०८० ।राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोग उपाध्यक्षसँग यूएनडिआरआर एशिया प्रमुखको शिष्टाचार भेटवार्ता
काठमाडौं, २ असोज २०८० ।राष्ट्रिय योजना आयोगका मा. उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि (United Nations office for Disater Risk Reduction, Regional office for asia pacific) मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो । उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्युनिकरणमा निकै अघि बढेको बताए । भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ‘प्रचण्ड’को सम्बोधन
काठमाडौं, २ असोज २०८० ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गरेका हुन् । नेपाली समयअनुसार सोमबार राति सम्बोधन गर्दै प्रचण्डले दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन सहयोगको जरुरी रहेको बताए ।
ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
उदयपुर, २७ भदौ २०८० ।उदयपुरमा बुधबार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो १ः३० बजे बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरी चौकी भागलपुरतर्फ फर्किँदै थिए । सोही क्रममा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना ४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। तर उपचार…
राजकीय सम्मान सहित सुवास नेम्वाङको अन्त्येष्टि, बिहीबार सार्वजनिक बिदा
काठमाडौं, २६ भदौ २०८० ।संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको अन्त्येष्टि भदौ २८ गते बिहीबार हुने भएको छ । एमालेले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टि बिहीबार गर्ने निर्णय गरेको छ । सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । गृह मन्त्रालयले नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भन्दै सो दिन सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा हुने जनाएको छ । सो दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधार झुकाउने निर्णय पनि सरकारले गरेको छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिनेछ । नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको छन् । पारिवारिक स्रोतका अनुसार बुधबार बेलुकीसम्म…

