खबर
सर्पदंशको उपचार पाउनै समस्या
भोजपुर, २२ भदौ २०८० ।भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ । सर्पको डसाइको…
संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकार यथावत : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २२ भदौ २०८० ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको जानकारी दिएका छन् । शुक्रबार निजामती सेवा दिवस २०८० को अवसरमा सिंहदरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले विधेयकमा अहिलेको व्यवस्थालाई केही परिवर्तन नगरिएको प्रस्ट पारे । सङ्घीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे । उक्त कार्यक्रममा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका…
आज निजामती सेवा दिवस मनाइँदै
काठमाडौं, २२ भदौ २०८० ।आज निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ सरकारले शुक्रवार २० औँ निजामती सेवा दिवस मनाउन लागिएको हो । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । वि सं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न…
कांग्रेसका सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण
काठमाडौं, २० भदौ २०८० ।नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निस्कने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेको प्रहरीले जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने सापकोलाई खुकुरीसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी जानकारी दिएको छ । टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका सहमहामन्त्री तथा पूर्वमन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको छ ।
भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान सुचारु गर्ने
काठमाडौ, १९ भदौ २०८० ।भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ । कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् । “निर्धारित उडान पुनः सुचारु गनेसँगै भुटान एयरलाइन्सले कोभिड महामारीका कारण रोकिएको काठमाडौँका उडान पुनः सुचारु हुनेछ, यसमा हामी उत्साहित छौँ, महामारीको समयमा उडान रद्द वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्ने…

