खबर
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे दुवै देशले आज औपचारिक जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले एकै समयमा विज्ञप्ति जारी गरेर यही जेठ १७ गतेदेखि प्रधानमन्त्री प्रचण्डको भ्रमण हुने जानकारी गराएका हुन् । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा प्रधानमन्त्री ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मे ३१ तारिखमा भारतको औपचारिक भ्रमणमा जाने उल्लेख छ । चार दिने भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, र उपराष्ट्रपति जगदीप धनखरसँग भेट्ने कार्यतालिका छ । जेठ १८ गते समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने…
भ्रष्टाचार विरुद्ध केहि समय भित्रै ठुला ठुला एक्सन हुदैँछन्ः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, १० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौ । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी…
‘इच्छुक’ स्मृति दिवसमा प्रेस सेन्टरको प्रभातफेरि
निकासखबर संवाददाताकाठमाडौं। २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज राजधानीमा प्रभातफेरि आयोजना गरेको छ । १९औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शङ्खरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो । प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इन्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । आजै प्रेस सेन्टरको साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन्।
दाहालको अभिब्यक्तिकाे बाहानामा ‘बजेट बिथाेल्ने खेल’
मनाेज भट्टराईकाठमाडौं । आजको प्रतिनिधिसभाकाे बैठक एमाले सांसदहको अवरोधका कारण स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा दिएको अभिब्यक्तिलाई लिएर एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्ब ४० करोडको सीमा (सिलिङ) राष्ट्रिय योजना आयोगले तोकेको छ । मध्यमकालीन खर्च संरचनासहित तयार पारिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोडले कम रहने गरि सरकाले ल्याउन लागको बजेटमा अबरोध पुर्याउने खेलका साथ एमाले लागि परेकाे सत्तारूढ दलले शंका गरेकाे छ । संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्दछ । बुधबारको…
संसदमा आफ्नो कुरा राख्न पाइन्छः हितराज पाण्डे प्रमुख सचेतक, नेकपा (माओवादी केन्द्र)
निकासखबर संवाददाताकाठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् । उनले संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषवस्तु उठाउनु नहुने बताए । उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका…

