खबर
बालकोटको शरणमा रहेका टोपबहादुरकाे तारेखमा छुट्ने दाउ
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको नेपाल प्रहरीले व्यापक खोजी गरिएको छ । बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि एकाएक गायव भएका उनको पैहरीले खोजी गरी रहेको हो । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी पछिल्लो समय काठमाडौं उपत्यकामा लुकिछिपी बसेको स्रोतको दाबी छ । बुधबार दिउँसो गृहजिल्ला अर्घाखाँचीको औपचारिक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागी उनी साँझ बुटवल झरेका थिए । सोही राति साढे ८ बजे बुद्ध एअरको उडानमा सभामुखसँगै काठमाडौं आउन लागेका उनले साढे ९ बजेको निम्ति टिकट सारेका थिए । त्यही समयमा छोरा सन्दीपलाई प्रहरीले बुटवलमा पक्रेर भोलिपल्ट…
नेपाली आकाशमा ४३ हेलीकप्टर दुर्घटना
निकासखबर संवाददाताकाठमाडौं । पछिल्लो समय नेपाली आकाशमा दुर्घटना बढ्दो रहेको छ । एक वर्षका अन्तरालमा नेपाली आकाशमा एकसय भन्दा बढीले ज्यान गुमाएका छन् भने तीनवटा दुर्घटना भएका छन् । २०७९ जेठ १५ गते तारा एयरको पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा १९ जना यात्रु र चालकदलका ३ सदस्य गरी २२ जनाको ज्यान गएको थियो भने गत माघ १ गते आइतवार काठमाडौबाट पोखरा जाँदै गरेको यति एअरको विमान दुर्घटनामा परेर विमानमा सवार ७२ जनाको निधन भएको थियो । मानवीय क्षतिका हिसाबले नेपाली आकाशमा यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना हो भने आन्तरिकतर्फ ५० औँ दुर्घटना हो । । नेपाली आकाशमा मानवीय क्षति हुने…
इलाममा ढिस्कोले पुरिएर चारको मृत्यु
निकासखबर संवाददाताइलाम । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको पैहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारैजनाको ढिस्कोले पुरेर मृत्यु भएको बताए । उनका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले…
हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै
निकासखबर संवाददातासङ्खुवासभा । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उनको भनाइ छ । दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
निकासखबर संवाददाताकाठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । घटनास्थलमा प्रहरीको टोली पठाइएको र प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको कार्कीको भनाइ छ ।

