खबर

बिचार मिल्ने सबैसँग समाजवादी मोर्चा बनाउने छलफल चलीरहेकाे छः विप्लव
निकासखबर संवाददाता

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा बनाउने विषयमा  सकारात्मक वातावरण बन्दै गएको बताएका छन् । विचार मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा छलफल चलिरहेको उनकाे भनाइ छ । माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायतका शक्तिसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल चलिरहेको विप्लवले बताए ।  ‘विचार मिल्ने पार्टीहरुबीच मोर्चा बनाउने छलफल चलेको छ । मोर्चा बनाउने कुरा राम्रो हो । प्रचण्ड कमरेड एक ठाउँमा हुनुहुन्छ । बाबुरामजी एक ठाउँमा हुनुहुन्छ कुनै समय कम्युनिस्ट विचार नै छोडे भन्नुभयो । माधव जी उपेन्द्रजीहरु अर्को ठाउँमा हुनुहुन्छ’ विप्लवले भने, ‘सबै पार्टीसँग छलफल चलिरहेको छ । मोर्चाको…

रविलाई प्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलाीकाे प्रस्ताव
निकासखबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को लागि प्रसंताव गरेका छन् । सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागे सँगै एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ ।  एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलसँग नयाँ गठबन्धन गरेपछि…

पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप र बादलका छोरालाई खोज्दै प्रहरी
निकासखबर संवाददाता

काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । बुधबार अदालतले रायमाझीसहित उनका छोरा र बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरुले खोजी गरिरहेको छ । यस प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन् ।

राष्ट्रपति पौडेलद्वारा ‘मिटरब्याजसम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश जारी
निकासखबर संवाददाता

काठमाडौं । मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि भनिएको अध्यादेश जारी भएको छ ।  बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते
निकासखबर संवाददाता

धनगढी। कञ्चनपुरमा रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते भएका छन् । बिग्रिएर सडकमा रोकेकाे बसलाई वीङगरले पछाडिबाट ठक्कर दिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको  से १ ख ११९४ नम्बरको बससँग से १ ज ९५४ नम्बर गाडी ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था मध्‍यम छ भने ६ जना समान्य छन् । उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।