खबर
पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छः गगन थापा
निकासखबर संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताएका छन् । कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले यस्ताे बताएका हुन् । अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्ने उनकाे भनाइ थियाे । ‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा विसं २०४८ को निर्वाचनमा जसरी उत्साह बढेको थियो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ’, उनले भने, ‘लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकाले आमजनताको भरोसा कांग्रेसप्रति…
सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौंः सञ्चारमन्त्री शर्मा
निकासखबर संवाददाताकाठमाडाैं। सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन् । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्य र सञ्चारकर्मीले भाग्दै आएको समस्या समाधान महत्वपूर्ण योगदान पुग्ने उनले बताइन् । सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र विचौलिएर पैसा लिने गरेको आफु पाएको बताउँदै उनले भनिन्,‘त्यसलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुनेछ । त्यसले श्रमजीवी पत्रकारहरूको पनि…
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात
निकासखबर संवाददाताकाठमाडाैं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट…
जाजरकोटमा बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु ९ जना घाइते
निकासखबर संवाददातासुर्खेत । भेरीकरीडाेरकाे महत्त्वपूर्ण पुर्वाधारकाे रुपमा रहेकाे तल्नुबगरकाे बेलिब्रिज पुल निर्माणकाे क्रममा भाचिँएकाे छ । जाजरकोट र रुकुम पश्चिमको सीमानमा पर्ने नलगाड नगरपालिका ठूलीभेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिएकाे हाे । पुल भाँचिदा एक जनाकाे मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् । काममा लागेका नाै जना मध्ये, एक जनकाे मृत्यु भएको बताइएकाे छ । डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदीमा निर्माणाधीन बेलीब्रिज भाँचिए दुर्घटना भएकाे हाे । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकोमा एक जनाकाे मृत्यु भएकाे र बाँकी पाँच जना सामान्य घाइते भरहेकाे जाजरकोट जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला…
मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व
निकासखबर संवाददाताकाठमाडौं । आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ । आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईदै आएको छ । आजको दिनमा मातातीर्थ सम्झना गरिन्छ । सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा…

