अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई
आर्थिक परिवेश संवाददाताताप्लेजुङ । ताप्लेजुङकाे सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो । पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजङ्गा लिपिको ट्रफीका साथ रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय हुने फुङलिङले रु एक लाख ३३ हजार तीन सय ३३ तथा सान्त्वना पुरस्कार स्वरुप मेरिङ्देन गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाले रु ४४ हजार चार सय ४४ प्राप्त…
प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुुपर्छः मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनका आधारमा रहेर प्रदेश र स्थानीय तहहरुलाई बलियो बनाउनुपर्ने बताएकी छन् । मन्त्रालयले आयोजना गरेको सातै प्रदेशका सञ्चार हेर्ने मन्त्रीहरुसँगको बैठकलाई सम्वोधन गर्दै उनले संविधानले दिएको एकल अधिकारलाई प्रभावकारीरुपमा प्रयोग गर्ने, साझा अधिकारलाई समन्वयमा प्रयोग गर्ने र संविधानको प्रतिकूल नहुने गरी कतिपय अत्यावश्यकीय सवालमा व्यवहारिकरुपमा पनि समन्वय गरेर तीनै तहका सरकारहरुले अघि बढ्नुपर्ने उनले बताइन् । ‘हामीले ठूलो राजनीतिक संघर्षपछि प्राप्त गरेको संघीयताको मूल मर्म भनेकै राज्यमा जनताको पहुँच स्थापित गर्ने र राज्यबाट प्रवाह हुने सेवा सुविधा सरल र सहजरुपमा जनताको घरनजिक पुर्याउनुु हो’– उनले भनिन्– ‘त्यसका लागि संघीय…
आम सञ्चार क्षेत्र सुधार सुुझाव समिति गठन
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा महासंघका पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र बिष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र बरिष्ठ पत्रकार बबिता बस्नेत रहेका छन् । समितिले आगामी आइतवारदेखि काम थाल्ने भएको छ । काम थालेको तीस दिनभित्र प्रतिवेदन बुुझाउने गरी कार्य क्षेत्र निर्धारण गरिएको छ । समितिसँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीति…
विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिनएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।” यस्तो छ प्रधानमन्त्रीको बुँदागत निर्देशन…
समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउन मन्त्री मोदीको अग्रसरता
आर्थिक परिवेश संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउनका लागि अग्रसरता लिएका छन् । निजामती सेवा लगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पधार्मक क्षमता वृद्धि गर्न लोकसेवा आयोग तयारी कक्षा लगायत क्षमता विकासका कार्यक्रम अगाडि बढाउन मन्त्री मोदीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णय अनुसार क्षमता विकासका कार्यक्रमहरु सञ्चालनका लागि मन्त्रालयले बुधबार देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ । परिपत्रमा लेखिएको छ, “निजामती सेवा लगायतका समग्र सार्वजनिक सेवा प्रवेशका लागि प्रतिष्पर्धात्मक क्षमता अभिवृद्ध गर्न महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक…

