खबर
सरकारले विश्वासको वतारण बनाए पहिचानबादी वार्तामा बस्न तयार छन्ः पत्रकार राई
निकासखबर संवाददातामोरङको पथरी शनिश्चरे निवासी अर्जुन जम्नेली राई पेशाले पत्रकार हुन । राई आफैले सञ्चालन गर्दै आएको रातो कलम डटकमका सम्पादक पनि छन । उनि स्थानिय विद्यालयमा पत्रकारिता पढाउँछन पनि । बिद्यार्थी कालदेखी नै राजनीतिमा सक्रृय उनी किराँत राई यायोक्खा केन्द्रिय समितिको उपमहासचिव पनि छन । नेकपा माओबादी केन्द्र निकट जम्नेली किराँती राष्ट्रिय मुक्त्ति मोर्चाको महासचिव पनि हुन । एक नम्बर प्रदेशको नाम कोसी घोषणा भएपछि पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउदै आन्दोलन चकाईरहेका छन । जसले कोसी प्रदेसलाई अशान्त बनाएको छ । सांसदहरु आफनो निर्वाचन क्षेत्रमा खुलेर जान हिच्किचाइरहेका छन । सांसदहरुका घरघरमा कालो झण्डा गाडन थालिएको छ । पालिकाहरुमा तालाबन्दि गर्न…
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
निकासखबर संवाददातासुदूरपश्चिम । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा दुई लाख ११ हजार छ सय ५२,…
डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख
निकासखबर संवाददाताकाठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा थुप्रै व्यक्तिले एक लाख पुरस्कार जितेका छन् । देवका आचार्य- रत्नकला बुढाथोकी, कमला रिजाल, हिरालाल रिजाल, एम्बिता राईले नगद एक एक लाख जितेका हुन् । सन्जु इन्टरप्राइजेज अन्तर्गतका डिलर विजय स्टोर एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ का डिलरबाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन। यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले…
मिडियामा समावेशी नेपालको चित्र झल्कनुपर्छः मन्त्री शर्मा
निकासखबर संवाददातालुम्बिनी । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडियामा समावेशी नेपालको चित्र झल्कनुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उहाँले सन्चार क्षेत्रमा समावेशिताको अभ्यास बढाउनुपर्ने बताएकी हुन् । सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, लिंग, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी मिडिया क्षेत्रसँग सम्बन्धित निकाय र मिडियाबाट प्रकाशन प्रसारण हुने सामग्रीमा समावेशिताको स्वरुप झल्किनु आवश्यक रहेको उनले बताइन् । यतिबेला नेपाल विविधखाले संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई जनताको जीवनसँग जोड्ने अभियानमा रहेको उल्लेख गर्दै उनले…
सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन् । शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु।’ सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे।

