खबर
मन्त्रालय बाँडफाँड टुंगीयो, कुन पार्टीको कोको मन्त्री बन्दै ?
निकासखबर संवाददाताकाठमाडौं । सत्ता साझेदार दलमा प्राय सबै मन्त्रालय बाँडफाँड टुंगीएकाे छ । अब ५ मन्त्रालयमा मन्त्रीकाे नाम टुंगीए सँगै सबै मन्त्रालयमा मन्त्रीकाे नाम समेत टुंगीएकाे हाे । शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा पाँच मन्त्रालयको विषयमा भने टुंगाे नलागेकाे प्रधानमन्त्रीकाे सचिवालय स्राेतले जनाएकाे छ । हाल सम्म टुंगाे नलागेका मन्त्रालयहरुमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । यी मन्त्रालयमध्ये ४ वटा कांग्रेस र एउटा जसपाको भागमा रहेको छ। अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको प्रधानमन्त्रीकाे सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् ।…
सरकारले गौरव गर्न लायक कामको थालनी गरेको छः मन्त्री शर्मा
निकासखबर संवाददाताभैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन् । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले परिवर्तनकारी तप्काले गौरव महसुस गर्ने गरी काम थालेको बताएकी हुन् । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, सहिदहरुको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनले बताइन् । मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जानकारी दिइन्…
मन्त्रालय भागबण्डामा जुट्याे सहमती, कुन दलले कुन मन्त्रालय पाउँदै
निकासखबर संवाददाताकाठमाडौं। नेपाली कांग्रेसबाट कुन मन्त्रालयमा काे भनेर मन्त्रीहरुको टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले मन्त्रालय पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टंगो लागेको हाे । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने कांग्रेस स्राेतले बताएकाे छ । कांग्रेसबाट कुन मन्त्रालयमा काे जाँदै ? कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ । कांग्रेसको उच्च स्रोतका अनुसार उपसभापति खड्का र नेता रमेश रिजाल मध्ये परराष्ट्र…
पर्यटन मन्त्री किराँतीले खोजे १२ समस्याको परिणाम
निकासखबर संवाददाताकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को बेथितिको घटना बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आकस्मिक बैठक बोलाएका छन् । बिहीबार विमानस्थलका अधिकारीसँग बैठक बसेर विमानस्थलमा यात्रुले पाइरहेको सास्तीबारे मन्त्री किराँतीले चासो राखेका हुन् । उनले ब्यागेज चोरिएको, विद्युतीय भर्याङको अवस्था, जहाजको उडान-अवतरण नियमितताको अवस्था, एयरपोर्टभित्रको महँगी, शौचालयको अवस्थालगायत १२ विषयमा चासो राखेका हुन् । आफूले उठाएका सवालबारे बोलेर, लेखेर नभई परिणाममा समाधान खोजेको मन्त्री किराँतीले बताए । यसअघि पटकपटक अनुगमन र निर्देशन दिँदा पनि समस्या समाधान नभएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री किराँतीले निम्न प्रश्नहरूको परिणाम खोजेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्- १, व्यागेज चोरिएको घटनाहरू सत्य हो ?…
उपनिर्वाचनः मुख्य निर्वाचन अधिकृत नियुक्त
निकासखबर संवाददाताकाठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई आज नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते…

