खबर

कांग्रेस नेता वाग्लेले गरे पार्टी परित्यागको घोषणा
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई पनि एक सन्देश पठाएर पार्टी परित्याग गरेको बताएका थिए । वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन् । उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन् । वाग्लेले शेखर कोइरालालाई लेखेको पत्रमा सभापति शेरबहादुर देउवा र आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको…

अब देशमा राजनीतिक स्थायित्व कायम हुने छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

चितवन ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै अब देशमा राजनीतिक स्थायित्व कायम हुने उनले बताएका हुन् । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, “राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।” सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।” बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार…

घरघर पसेर मिटरब्याज पिडीतका आफन्त कुट्दै मिटरब्याजी
निकासखबर संवाददाता

काठमाडौं । काठमाडौमा मिटरब्याजी पीडितहरु धर्नामा रहेको बेता पनि पारिवारीक तनाबमा छन् । उनीहरु धर्नामा रहेका बेला गाउँमा घरघरमा पसेर मिटरब्याजीहरुले उनीहरुको परिवार र आफन्त कुटीरहेको खबरले झन तनाबमा रहेका हुन् । गाउँमा आफ्नो छोरामाथि कुटपिट भएको धनुषा बर्कुर्वाकी कलशियादेवी यादवले बताइन् । उनका १६ वर्षका छोरालाई स्थानीय मिटरब्याजी अशोक सदाको परिवारले कुटपिट गरेको खबर आए पछि उनको रुवावासी भएको छ । छोरालाई झुटो मुद्दा लगाएर कुटपिट गरेको खबरले उनी मात्र हैन सबै पिडीतहरु अब आफ्नो पिवारलाई कसले के गर्नेहुन् भनेर चिन्तामा रहेका छन् । यस विषयमा अिभयन्ता कुमार बर्तौलाले सवैलाको प्रहरी चौकीमा बुझ्दा कुटपिट गर्ने बाबु छोरी र पीडित…

कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा केन्द्रीय सदस्य भट्टराई र पूर्वजिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बारा क्षेत्र नं २ मा कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पछि गरिने जनाइएको छ । तनहुँ९१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि र बारा९२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो…

प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्केलगतै मन्त्रिपरिषद् विस्तार हुने
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका नेतासँग छलफल गरेर प्रचण्ड चितवन पुगेका हुन् । चितवनमा प्रधानमन्त्रीले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यक्रममा प्रधामनन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री चितवनबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धनका दलहरूबीच मन्त्रालयको संख्या बाँडफाँटमा मोटामोटी सहमति भइसकेको छ । प्रधानमन्त्री प्रचण्ड दिउँसो ३ बजे कठमाडौं फर्किने कार्यक्रम रहेको छ ।